प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०७९
लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-३०

कैलाली- मिति २०७९।१२।२९ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उप-महानगरपालिका २ भवानी मार्ग स्थित ऐ.ऐ. बस्ने बर्ष २५ को प्रकाश साउद र ऐ. १ बस्ने बर्ष १८ विमान नेपाली लाई संका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर-  मिति २०७९/१२/२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा.७  हल्दुखाल स्थित ऐ. ४ बर्ष १८ को अमित खत्री र ऐ. १८ बस्ने बर्ष १८ को करन चौधरी संकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलिले चेकजाँच गर्दा निजहरुको साथ बाट REXOGESIC लेखिएको यमफुल थान २४ ,PHENARGAN लेखिएको यमफुल थान २४ र DIAZEPAM लेखिएको यमफुल थान ६ गरी जम्मा ५४ थान फेलापारी निजहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । सोही दिन ईलाका प्रहरी कार्यालय वेलडाँडी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० भुडा स्थित सडक वाटोमा सु.प.प्र. ०२००३ प ४२४७ नम्बरको मो.सा. रोकी उभिएका जि. कञ्चनपुर भिमदत्त न.पा.३ बिचपुरी बस्ने बर्ष २६ को करन डगौरा र ऐ.ऐ. बस्ने बर्ष २४ को अजय चौधरीलाई चेक जाँच गर्दा निजहरुको साथबाट ४ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी मो सा सहित निजहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२९

कैलाली- मिति २०७९।१२।२८ गते ईलाका प्रहरी कार्यालय भजनीवाट खटिएको प्रहरी टोलीले भजनी न.पा.३ कुसुम घाट स्थित चेकजांच गर्दा भारत बाट नेपाल तर्फ पैदल आईरहेका जि.कैलाली टिकापुर न.पा.१ बस्ने बर्ष ४० कि सन्ध्या शर्मा आचार्य र निजकै छोरा बर्ष २७ को किरण आचार्यको साथबाट ५ ग्राम १८० मिली ग्राम र ऐ.भजनी न.पा.१ बस्ने बर्ष १८ को दिनेस बि.क.को साथ बाट १ ग्राम ८५० मिली ग्राम ला.औ.खैरोहेरोईन फेला पारि निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । सोही दिन ईलाका प्रहरी कार्यालय टिकापुरवाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेका जानकी गापा ७ बस्ने बर्ष ३२ को दिपक रोक्का मगरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट १ ग्राम ३० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो ।मंगलबार राती जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले धनगढी उमनपा २ मिलनचोक स्थित जिल्ला बैतडी पाटन न.पा. ४ घर भई हाल जिल्ला कन्चनपुर शुक्लाफाट ४ बस्ने बर्ष २६ को गौतम भट्ट र ऐ. बस्ने बर्ष २३  को यज्ञराज भट्टको  साथबाट स्पास नामक १० ट्याब्लेट ला.औ. फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
२०७९-१२-२९

कैलाली- मिति २०७९।१२।२८ गते सम्मानित पुनरावेदन अदालत दिपायलको मिति २०७२।०२।२५ गतेका आदेशले जालसाजी मुद्दामा रु. १५,००,२००।– जरिवाना भई फरार रहेको प्रतिवादी जि कैलाली धनगढी उमनपा १३बस्ने बर्ष ६२ की मन्धर देवी रानालाई ऐ.१३ झलारी गाउबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको ।  कञ्चनपुर- मिति २०७९।१२।२८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले मिति २०७९।८।२१ गतेको सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकी फरार रहेको जिल्ला कञ्चनपुर भिमदत्त नपा ६ ऐठपुर बस्ने बर्ष २८ को दिपेष बोकटीलाई निजकै घरबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरीएको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-२८

कञ्चनपुर- मिति २०७९।१२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ स्थित  ऐ. बस्ने बर्ष २९ को राम सिंह धामीलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट फेनारगन २ एम एल को १० एम्पुल र रेस्कोजेसिस २ एम एल को १० एम्पुल लागुऔषध फेला पारी निजलाई प्रहरीले  नियन्त्रणमा लिएको हो ।        सोहि दिन ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका जिल्ला कैलाली धनगढि उ.म.न.पा. १३ बस्ने बर्ष २३ को मदन रानाले चलाएको सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २८ को निसान घर्ति मगरलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरु लाई पक्राउ गरेको हो । कैलाली:- मिति ०७९/१२/२७ गते  प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा.३ स्थित भारतवाट नेपाल तर्फ आउदै गरेको जिल्ला दार्चुला शैल्यशिखर गा.पा. ८ बस्ने बर्ष २७ को गोपाल भण्डारीले चलाएको से.६ प ६०४० नं. को मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २५ को लोकेन्द्र भण्डारीलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथ बाट ३ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  सोही दिन वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटीएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा.३ स्थित फिस रिसोर्टका संचालक जिल्ला बझाङ चिर बिथ्थड गा.पा.९ घर भई हाल ऐ. धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३३ को हिक्मत मल्ललाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट ७२० मिलिग्राम ला.औ चरेस फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

भन्सार छलिका सामान बरामद
२०७९-१२-२८

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीकाका बिभिन्न वडा एरियावाट अन्दजी ३२,९००।– बराबरको चिनी, लुगा धुने सोडा, बिडि, गुट्खा, खाने तेल र पलाष्टिक बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको ।  कञ्चनपुर- सोही दिन ईलाका प्रहरी कार्यालय गड्डाचौकीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.११ स्थित अन्दाजी रु. ३५,१८०।- बराबरको चिनि, मिश्री डिउ लगायतका सामनहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरी भन्सार कार्यालय गड्डाचौमा बुझाईएको । 

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२७

मिति २०७९।१२।२६ गते ईलाका प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. २ तेघरी बस्ने बर्ष २२ को सुरेश भट्ट र ऐ.ऐ. बस्ने बर्ष १९ को अमृत वली लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४०० मिलीग्राम लागु औषध खैरोहिरोईन फेला पारी निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।       यसै गरि सोहि दिन प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ मिलन चोक स्थित जिल्ला कैलाली गोदावरी न.पा. ५ गेटा बस्ने बर्ष २८ को निराजन पनेरुलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो ।      सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उमनपा १३ झलारीगाँउ स्थित ऐ.ऐ बस्ने बर्ष २२ को महेश रानालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १४० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।      यसै गरी सोहि दिन ईलाका प्रहरी कार्यालयय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा. १ जमारा स्थित ऐ.टीकापुर नपा १ शिबनगर शिविर बस्ने बर्ष २६ को मोहन डगौरा थारुले चलाएको सु.प.प्र.०१-०१० प ९१५ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका ऐ.ऐ. बस्ने बर्ष १८ को सरोज थारु र ऐ. ऐ. बस्ने बर्ष २६ को लाल बहादुर चौधरीलाई शंका लागि रोकी चेकजाँच गर्दा निजहरुको साथबाट १३५ ग्राम ८०० मिलिग्राम ग्राम लागुऔषध गाँजा फेला पारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ।

भन्सार छलिको समान बरामद
२०७९-१२-२७

मिति २०७९।१२।२६ गते जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी  उ.म.न.पा. ३ बोराडाडी स्थित भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी रु. ३५,०००।- बराबरको  चिनी, आन्टी, सिस्टम गुट्खाहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाएको हो ।          यसै गरी सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ मिलन चोक स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी  रू. १४,०००।– बराबरको चिनि, विडी, सिस्टम गुट्का, प्लाष्टिक झिल्ली, आईसक्रिममा प्रयोग हुने क्रिम र आईसक्रिममा प्रयोग हुने काठको चम्मा बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाएको हो ।

लागूऔषध सहित मानिस पक्राउ
२०७९-१२-२६

मिति:-२०७९।१२।२५ गते वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका २ मिलन चोक  स्थित ऐ.ऐ. बस्ने बर्ष ४० को ओम अधिकारी र ऐ. बस्ने बर्ष २२ को भुपेन्द्र मिश्रको साथवाट २०० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसै गरि सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  जिल्ला कैलाली धनगढी उप-महानगरपालीका ७ मनेहरा स्थित जिल्ला कैलाली ध.उ.म.न.पा.७ बस्ने बर्ष १८ को समिर राना र ऐ. जोशीपुर गा.पा.४ बस्ने बर्ष २० को असिम सागर चौधरीको साथ बाट २६० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

भन्सार छलिका सामान बरामद
२०७९-१२-२६

मिति २०७९।१२।२५ गते अ.प्र.पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ बाट भन्सार छलि गरि ल्याएको अन्दाजी रु.१०,०००।- बराबरको चिनि, बिडी, कलम,  गुलाब जामुन र सुट बेवारिसे अवस्थामा प्रहरीले फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको । यसै गरि मिति २०७९।१२।२६ गते बिहान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनसन्धान समुह र ईलाका प्रहरी कार्यालय भजनी कैलालीवाट संयुक्तरुप वाट खटिएको प्रहरी टोलीले जि. कैलाली भजनी न.पा.३ काडापुल नजिक भारतबाट भन्सार छलि ल्याएको अ.मुल्य रु.२१,०००।- (एक्काईस हजार) बराबरको लेडिज चप्पल ५२ जोर वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि सत्ति भन्सार कार्याल कैलालीमा बुझाईएको ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२६

मिति २०७९।१२।२४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्कीचुहा नपा ४ बलिया स्थित ऐ.ऐ. वस्ने मेसक कुमार चौधरीले सञ्चाल गरेको लक्ष्मी क्लिनिकमा नेपाल सरकारबाट विक्रि वितरणमा प्रतिबन्ध लगाएको औषधी निमाडोल २० क्याप्सुल, एमिल २० ट्याबलेट, भेग्रा ५०२ ट्याबलेट,  डाइजिन २० ट्याबलेट, भाइपिन ५०० ट्याबलेट, पौरुष जिवन ६६० ट्याबलेट, ट्रेड १५५ ट्याबलेट, कोडिन ११० ट्याबलेट, बेचबिखन गरी रहेको अवसस्थामा फेला पारी रितपुर्वक बरामद गरी निज मेसक कुमार चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यसै गरि सोही दिन ईलाका प्रहरी कार्यालय भजनि कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी न.पा. वडा नं. ५ कौवाखेडा स्थित जिल्ला कैलाली बर्दागोरीया गा.पा.वडा न.४ मुडा बस्ने बर्ष १८ को आनन्द ठकुरीले चलाई ल्याएको ना. ४१ प८४६० नं. को मो.सा. चेकजाँच गर्दा सो मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को दिपेन्द्र बोहराको साथ बाट १८ ग्राम लागु औषध खैरोहेरोईन फेला पारी मो.सा. सहित निज दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-२३

           मिति २०७९/१२/२२ गते प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नपा ७ वैदी स्थित भित्री सडक खण्डमा शंकास्पद तरिकाले हिडिरहेको भारत लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष २६ को सहबान खाँ लाई रोकी  चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो  । यसै गरी सोहि दिन ईलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवा कञचनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला  कञ्चनपुर कृष्णपुर न.पा. ७ कलुवापुर बस्ने बर्ष अ.२७ को गणेश पाण्डेयले चलाएको सु.प.प्र. ०१०११ प २२४६ नं. को मो.सा. र सोहि मो.सा पछाडि सवार जि. कैलालि गोदावरी न.पा. ७ लालपुर बस्ने बर्ष अ.४० को तिर्थ फुलारालई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरहेरोईन फेला पारी निजहरुलाई मो सा सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

फरार प्रतिवादीहरु पक्राउ
२०७९-१२-२२

कैलाली-मिति २०७९।१२।२१ गते दिउसो ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७६।०८।०४ गते फैसलाले वन मुद्दाको जरिवाना रकम रू. ५१,५४४।- जरिवाना तोकिएको जि. कैलाली गौरीगंगा न.पा.३ बस्ने बर्ष २३ को देशराज राजी लाई निजकै घर बाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको ।यसै गरि सोही दिन दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७७/१२/११ गतेको फैसलाले ३ महिना २३ दिन कैद सजाय भई फरार रहेका लागुऔषध मुद्दाका फरार प्रतिवादीहरु जिल्ला कैलाली  धनगढी उ.म.न.पा. १३ कैलालीगाँउ बस्ने बर्ष २९ को शुसिल चौधरी र ऐ.ऐ. बस्ने बर्ष ३० बाल गोबिन्द रानालाई निजहरुकै घर ठेगाना बाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । मंगलवार दिउसो अस्थाई प्रहरी पोष्ट बसपार्कवाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ६० को आसवानी शर्मा लाई निजकै घर ठेगानावाट पक्राउ गरि सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । मिति २०७९/१२/२२ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ कैलालीगाँउ बस्ने बर्ष २२ को नरेश चौधरी चोरी मुद्दामा मिति २०७६/०२/०१ गते कैलाली जिल्ला अदालत कैलालीको फैसलाले ७ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना भई फरार रहेका प्रतिवादीलाई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२१

कैलाली- मिति २०७९।१२।२० गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नपा ७ सोनाफाँटा स्थित भारत जिल्ला लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष २० को सतिष राना साईकल चलाएर आई रहेको अवस्थामा शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथबाट  ५ ग्राम २६० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजलाई प्रहरीले पक्राउ गरको हो । सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बिशालनगर स्थित  जिल्ला बाजुरा खप्तड  छेडेदह  गाउपालिका  ४ घर भई ऐ.ऐ. कोठा गरी बस्ने बर्ष ४० को आनन्द  धामिलाई शंकालागी  चेक जाँच गर्दा निजको कोठाबाट ३ ग्राम  ४०० मिलि ग्राम  लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।यसै गरी सोमबार राती  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र प्र.चौ.त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित ऐ.ऐ. बस्ने बर्ष १९ को ईश्वर साउदलाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ६५० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो ।सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा.१ स्थित सडक खण्डमा ऐ. बस्ने बर्ष २२ को शिशिर चौधरीलाई शंकाष्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारि निजको शरीर तलासी गर्दा निजको साथबाट ११० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

फरार प्रतिवादी पक्राउ
२०७९-१२-२०

कैलाली- मिति २०७९।१२।१९ गते  ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट खटिएको प्रहरी टोलीले बन्यजन्तु मुद्दाको ६ महिना कैद, जरिवाना रकम रू. २०,०००।- फैसला भएको फरार प्रतिबादी जि. कैलाली गोदावरी न.पा. ४ बस्ने बर्ष ५३ को शेर बहादुर पुनमगरलाई निजकै घर बाट  पक्राउ गरी सम्मानित अदालतमा बुझाईएको ।यसै गरि आईतवार साझ जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरीटोलीले कैलालीको बिभिन्न स्थानवाट निम्न स्थान वस्ने फरार प्रतिवादीलाई पक्राउ गरि सम्मानित आवश्यक कारवाहीको लागि सम्मानित अदालतमा पेश गरेको । निम्न१. जि.कैलाली धनगढी उ.म.न.पा.४ बस्ने बर्ष २८ को अरुण कुमार बुढामगर बन मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।१२ गतेको फैसलाले ३८,५४३।- जरिवाना तोकिएको फरार प्रतिवादी  ।   २. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को पप्पु राना चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।०४  गतेको फैसलाले १ महिना ४ दिन  कैद र रु. २,०००।- जरिवाना तोकिएको  फरार प्रतिवादी ।३. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को राम कुमार चौधरी चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७१।०४।१९ गते  फैसलाले १ बर्ष १ महिना १४ दिन  कैद र तोकिएको  फरार प्रतिवादी  । 

लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१९

कैलाली- मिति २०७९।१२।१८ गते दिउसो ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्की चुहा न.पा.२ गणेशपुर  बस्ने बर्ष २५ को सञ्जु शाही लागु औषध (खैरो हिरोईन) को कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.बस्ने वर्ष २४ को नविन डांगी र ऐ.ल.चु.न.पा.६ बस्ने वर्ष २३ को प्रतुष ओडलाई फेला पारी निजहरुको शरिर तथा घर कोठामा रित पुर्वक खानतलासी गर्दा निजहरुको साथवाट १ ग्राम ३ सय ६०  मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।यसै गरि शनिवार साझको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुरवाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिभुवन चोक स्थित जिल्ला कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २६  को गोबिन्द रावल र भारत पलिया बस्ने बर्ष १९ को राज सिहंलाई शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट १ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर- मिति २०७९/१२/१८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर शुकल्लाफाटा न.पा.११ स्थित ऐ.शुक्लाफाटा न.पा. १० झलारी बस्ने बर्ष १८ को प्रबिन भन्ने ओम प्रकाश ओलि र ऐ.न.पा.११अम्मर पुर बस्ने बर्ष १७ को राजु बोहोरालाई शंकालागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेलापारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-१८

कैलाली- मिति २०७९।१२।१७ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली गोदावरी नगरपालिका  १० बस्ने बर्ष २२  को अजबिन चौधरी  र ऐ.ऐ बस्ने बर्ष १९  को सगुन चौधरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथवाट ८०० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित दुवै जनालाई प्रहीले पक्राउ गरेको हो ।  यसै गरी शुक्रबार बेलुकी तिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्ला कैलाली भजनी न.पा. ७ चर्रा स्थित ऐ.ऐ. बस्ने बर्ष २३ को ईन्द्र बहादुर कठरियालाई संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ३३ ग्राम (तेत्तिस ग्राम ) ला.औ. खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

अबैध भन्सार छलिका सामान बरामद
२०७९-१२-१८

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।

लागुऔषध सहित मानिस पक्राउ :-
२०७९-१२-१७

डोटी- मिति २०७९।१२।१६ गते विहान जिल्ला प्रहरी कार्यालय डोटीवाट खटिएको प्रहरी टोलीले दिपायल सिलगढी न.पा. ४ राजपुर बस्ने बर्ष २२ को पवन खड्का र ऐ. ६ थाप्ला बस्ने भेष राज धामीलाई ऐ. शिखर न.पा. १० बाण्डुग्रीसैन स्थित चेक पोष्टमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथवाट १ ग्राम १०० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो कैलाली- मिति २०७९/१२/१६ गते वेलुका ईलका प्रहरी कार्यालय भजनी कैलालीवाट खटिएको प्रहरी टोलीले ऐ भजनी न.पा. ३ कुसुमघाट स्थित चेकजाँच गर्ने क्रममा जिल्ला कैलाली जोशिपुर गा.पा. २ बस्ने बर्ष २६ को कैलाश जैशीले चलाएको सु.प.प्र.०१००७ प.९४४० नं.को मोसा चेकजाँच गर्ने क्रममा ऐ.मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष २३ को कृष्ण रेगमीको काँधमा भिरेको झोलाको भित्र प्लास्टिकले बेरेर लुकाएको १०० मिलिग्राम ला.औ. खैरो हिरोईन फेला पारी मो.सा.सहित निज दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१६

कैलाली:- मिति २०७९।१२।१५ गतेको राती प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा. २ त्रिनगर भन्सार स्थित शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिक ६ बस्ने बर्ष १८ को  निराजन शाह सहित दुई जना मानिसको साथबाट  २ ग्राम लागु औषध खैरो हेरोईन फेला पारी पक्राउ गरेको हो । यसैगरी,कञ्चनपुर:- मिति २०७९।१२।१६ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जि.कञ्चनपुर,भिमदत्त न.पा. १८ भगतपुर स्थित ऐ.बस्ने बर्ष २४ को रोहित चौधरी र ऐ.बस्ने बर्ष १९ को राहुल चौधरीलाई शंका लागी चेकजाँच गर्दा निज  रोहित चौधरीको साथबाट १.२८ ग्राम लागु औषध खैरो हेरोईन फेला पारी दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१५

कञ्चनपुर:- मिति २०७९/१२/१४ गतेको राती ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बंसाहाबाट  खटिएको संयुक्त गस्ति टोलिले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. १८ बस्ने बर्ष २४ को तपेन्द्र चौधरीले चलाएको म.२.प.२९७८ न.को मो.सा. र सोहि मो.सा. पछाडि सवार ऐ.वडा न. ८ भाँसी बस्ने बर्ष २२ को सुमित चौधरीलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट  ८ ग्राम खैरो हरोईन (लागु औषध) जस्तो देखिने खैरो धुलो पदार्थ र एन्टिकफ नामक १८ टेब्लेट, प्रिगा नामक १६ वटा टेब्लेट समेत फेलापारी प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामानहरु बरामद
२०७९-१२-१५

कञ्चनपुर- मिति २०७९।१२।१४ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले  बेलौरी नपा ६ बैशाखा स्थित भारतबाट ल्याएका अबैध भन्सार छलीका प्लाष्टिक डोरी,साईकलको सामानहरु,बिडी,लगायतका अन्दाजी रु.१,५०,०००।- बराबरको मालसामानहरू सडक छेउमा बेवारीसे अवस्थामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।यसैगरी, कैलाली:- मिति २०७९।१२।१५ गतेको बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक भारतबाट भन्सार छलि गरी ल्याएको चिनी,लुगाधुने सोडा,प्लाष्टिक झिल्ली,खुर्सानी, लगायतका अन्दाजी रु.१५,०००।– बराबरको मालसामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय पठाएको हो ।

नियन्त्रित लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-१२

कञ्चनपुर- मिति २०७९/१२/११ गते ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरवाट खटिएको संयुक्त प्रहरी टोलोले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ जाई जाने भित्री बाटोमा जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १० बस्ने बर्ष १७ को टेक गौतमले चलएको से.२ प.५५१३ नम्बरको मो.सा लाई शंका लागि चेकजांच गर्ने क्रममा ऐ.ऐ. वस्ने वर्ष २१ कृष्ण राना र ऐ. बेलौरी न पा वस्ने वर्ष १६ को प्रदिप चौधरी समेतको साथवाट ३ ग्राम ११ मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-०९

कैलाली- मिति २०७९।१२।०८ गते ईलाका प्रहरी कार्यालय भजनीवाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालीका ५ मिलनपुर स्थित जिल्ला कैलाली घोडाघोडी न.पा. ८ बस्ने बर्ष २१  लक्ष्मण शाहीले चलाएको से २ प ८५७१ नं.को मोसा. चेकजाँच गर्ने क्रममा निजको साथबाट ३.५ ग्राम ला.औ. खैरो हिरोईन फेला पारी मो.सा. सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।  कञ्चनपुर:-यसैगरि बुधवार साँझ ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ स्थित ऐ.४ भगतपुर बस्ने बर्ष २८ को अजय कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट रेक्सोजेसिक (rexogesic) नामक २३ थान र डाईजापाम नामक ७ थान गरी जम्मा ३० थान अबैंध लागुऔषध सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामानहरु बरामद
२०७९-१२-०५

कैलाली:- मिति २०७९।१२।०४ गतेको दिउसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालीका वडा नं.३ बजिर चौराह स्थित बेवारीसे अवस्थामा प्लाष्टिक बाल्टिन, प्लाष्टिक पोलिथिन, C.E.A.लेखेको टाई,C.E.A.लेखेको बेल्ट,एयरफोन गरी जम्मा रकम अंन्दाजी रु. १,८२,३५०।– बराबरको सामानहरु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यसैगरि शनिवार साँझतिर अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ ट्राफिक चोक स्थित वेवारिसे अवस्थामा चिनी,नरिवल,डबल क्रिम चकलेट,प्लाष्टिक लगायत अन्दाजी रु. ९,४७५।– बराबरको सामान फेला पारी प्रहरीले पक्राउ गरेको हो । उक्त सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय पठाईएको हो ।

फरार प्रतिबादी पक्राउ सम्बन्धमा
२०७९-१२-०५

कैलाली:- फैसला कार्यान्वयन गर्ने क्रममा मिति २०७९।१२।०४ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट ३ जना फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी  कार्यालय मालाखेतीबाट खटी गएको प्रहरी टोलीले लागु औषध मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट दुई महिना कैद र रू. २०००।– (दुई हजार) जरीवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को कुबेर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।      यसैगरि  सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट लागु औषध (चरेश) मुद्धामा छ महिना कैद र रू. ५०००।– (पाँच हजार) जरिवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने बर्ष ४३ को मिन बहादुर रिठामेली र चोरी मुद्धाको रू. १०,०००।– (दश हजार) जरीवाना फैसला पश्चात फरार रहेको प्रतिबादी ऐ.ऐ. बस्ने बर्ष ३० को कमलेश दमाईलाई प्रहरीले पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी  सम्मानित अदालतमा प्रहरीले पेश गरेको हो ।

फरार प्रतिबादी पक्राउ
२०७९-१२-०३

कैलाली:- मिति २०७९।१२।०२ गतेको दिउसोतिर ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली गोदावरी नपा-२ अत्तरिया स्थित बिना इजाजत वन पैदावार हटाएको मुद्दामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट जनही रू. ८३,९७०।– (त्रियासी हजार नौ सय सत्तरी) जरिवाना सजाय फैसला भई फरार रहेका जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष  २० को रूपेश थापा, ऐ.ऐ. बस्ने बर्ष २० को ललित ओली, ऐ.ऐ. बस्ने बर्ष २८ को अर्जुन बोहरा, ऐ.ऐ. बस्ने बर्ष २४ को भानु ओली समेत ४ जनालाई लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा पेश गरेको हो ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-०३

कैलाली- मिति २०७९।१२।०२ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुवाट लागुऔषध खैरोहेरोईन सहित ११ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट जुगेडावाट खटिगएको प्रहरी टोलीले नेपाल भारत सिमानाका स्थित जिल्ला कैलाली धनगढी उमनपा १२ ए गाउँ बस्ने बर्ष २६ को समेन्द्र बोगटी समेतका ६ जना मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथवाट ३ ग्राम २८ मिलिग्राम लागुऔषध खैरोहेरोईन र  म २ प ९४५२ नम्बरको मो.सा. सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  यसैगरि बिहीबार प्रहरी चौकी कैलाली गाँउवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ वस्ने वर्ष २२ को सुनिल रानालाई शंका लागि चेक जाँच गर्दा निजको साथवाट १०० मिलिग्राम लागुऔषध खैरोहेरोईन र से ४ प ९९७९ नम्वरको मो.सा. सहित प्रहरीले पक्राउ गरेको हो ।     यसैगरि बिहीबार अस्थाई प्रहरी पोस्ट बिशालनगरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उमनपा-३ पुलिस बोडिङ्ग स्कुल पछाडी जिल्ला कैलाली धनगढी उपमहानगरपालीका ३ बस्ने बर्ष २३ को सन्दिप पौडेल समेत २ जनालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ५०० मिलिग्राम लागुऔषध खैरो हिरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरि  बिहीबार ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली गौरिगंगा न.पा. १ गोप्का स्थित ऐ.ऐ. बस्ने बर्ष २९ को बिजय चौधरी समेत २ जनालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट २८० मिलिग्राम लागुऔषध खैरोहेरोईन  सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-०२

कैलाली- मिति २०७९।१२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली  धनगढी उप-महानगरपालीका ४ यातायात कार्यालय अगाडी ऐ.५ बस्ने बर्ष ३० को नरेश खड्का समेत ३ जनालाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथबाट २ ग्राम २५० मिलिग्राम लागुऔषध खैरोहेरोईन  सहित पक्राउ गरेको हो ।             कञ्चनपुर:- यसैगरी बुधबार साझँ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त  नपा ४ सब्जिमण्डि स्थितमा ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २० को चक्र सुनारलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट १ सिसि याम्फुल फिनार्गन र १ सिसि याम्पोल रेक्सो नामक अबैध लागु औषध सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवधै भन्सार छली गरि ल्याएका सामान वरामद
२०७९-१२-०२

कैलाली- मिति २०७९।१२।०१ गते धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड शिक्षा कार्यालय नजिक भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.१८,०००।– वरावरको ट्याक्टरको ब्यारीङहरु वेवारीसे अवस्थामा फेलापारी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा वुझाईएको हो ।            कञ्चनपुर:- यसैगरी बुधवार साझ ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नपा ५ आमखय्या जंगलमा भन्सार छलि गरि लुकाई छिपाई राखेको अन्दाजी रु. १,७४,५००।- बराबरको लेडिज सुट, साडी, गञ्जि र थान कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालयमा पठाईएको हो । 

चोरी मुद्दा र सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ
२०७९-१२-०१

कैलाली- मिति २०७९।११।३० गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७७/०४/२७ गतेको आदेशले १ महिना कैद र दुई हजार जरिवाना तोकिएको सवारी ज्यान कसुर मुद्दाको फरार प्रतिबादी जि.कैलाली घोडाघोडी न.पा.८ दिपनगर बस्ने बर्ष २९ को लोकेन्र्द गुरुङलाई निजको घर नजिक सडक वाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेक हो । यसै गरि मिति २०७९।१२।०१ गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७५/११/०९ गतेको आदेशले २२ दिन  कैद र दश हजार जरिवाना तोकिएको चोरी  कसुर मुद्दाको फरार प्रतिबादी जि. कैलाली घोडाघोडी न.पा. १० पहलमानपुर थेबै बस्ने बर्ष २८ को रमेश भन्ने सनम डगौरा आफ्नै घरमा बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । दुवै जना फरार प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीमा बुझाईएको । 

अवैध भन्सार छलीको सामान बरामद
२०७९-१२-०१

कैलाली- मिति २०७९।११।३० गते अस्थाई प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ चटकपुर स्थित भन्सार छलि गरि ल्याएका चिनि,  प्लाष्टिक झिल्ली, बिडी, सुपर पावर, मिठाई लगायतका अं. रु. १४,९००।– बराबरको सामान वेवारीसे अवस्थामा फेलापारी  प्रहरीले पक्राउ गरेको हो ।  यसै गरि मंगलवार दिउसो प्रहरी चौकी त्रिनगर कैलालीवाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. ३ मिलन चोक स्थित अन्दाजी रु. १०,०००।- (दश हजार) बराबरको लेडिज सुट वेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाईएको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<